जनकपुरसहित देशका विभिन्न भागमा वर्षा

जनकपुरधाम- जनकपुरसहित देशभरका विभिन्न स्थानमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

विभागका अनुसार एक दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिनभर अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *