जनकपुरधाम- जनकपुरधाममा स्कुल बसको ठक्करले ६ जना घाइते भएका छन्।
जनकपुरधाम–२३ स्थित बिन्धमा जनकपुरबाट जलेश्वरतर्फ गइरहेको एन्जल्स बोर्डिङ स्कुलको प्र.२–००२–००१ क ४३१ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखरकुमार साहले बसको ठक्करले ६ जना घाइते भएको जानकारी दिए।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताएका छन्।
घाइतेहरूको विवरण लिने काम भइरहेको साहको भनाइ छ।
दुर्घटनापछि बसका चालक फरार भएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार विहेका लागि खेतबाट माटो कोरेर आइरहेका पैदलयात्रुलाई बसले ठक्कर दिएको हो। बसको ठक्करबाट घाइते हुनेहरू सबै महिला रहेको उनीहरूले बताएका छन्।
उनीहरूका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। यद्यपि प्रहरीले हालसम्म पुष्टि गरेको छैन।
Leave a Reply