जनकपुरधाम- जनकपुरमा विद्यालय बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुल नजिक श्रीराम बोर्डिङ स्कुलको बसले ठक्करदिँदा साइकलयात्री भारत मधुबनी जिल्लाका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो।
ममताज जनकपुरमा ससुरालीमा बस्दै आएका थिए।
धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा २ प ७६० नम्बरको बसले साइकलमा सबार ममताजलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Leave a Reply