जनकपुरको विश्वकर्मा चोकमा छुरा हानेर युवकको हत्या

जनकपुरधाम- जनकपुरधाममा दिउँसै छुरा प्रहार गरेर युवकको हत्या भएको छ।

जनकपुरधाम–४ स्थित विश्वकर्मा चोकमा छुरा हानेर युवकको हत्या भएको हो।

मृतक महोत्तरी एकडारा बस्ने २० वर्षीय प्रिन्सकुमार महासेठ रहेको प्रहरीले जनाएको छ।

महासेठको छातीको बायाँ भागमा छुरा प्रहार भएको बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मृतक महासेठ र पक्राउ परेका दुई जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ।

आपसी विवादका कारण महासेठमाथि साथीहरूले छुरा प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

‘मृतक र पक्राउ परेकाहरू लागुऔषध सेवनकर्ता हुन्, केही विषयमा विवाद भएर यो घटना भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले भने।

उनकाअनुसार छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले बताए। अवाले भने,‘पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको छ, थप कुरा खुल्दै जानेछ।’

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *