जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पूजा अर्चना गगरेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका,फूल तथा प्रसाद ग्रहण गरे।
राष्ट्रपति पौडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। उक्त अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरे।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ– मधेसको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए।
उनले कोसी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने, ‘सप्तरी मेरो मुटुमा छ। यो जिल्लाको हरेक कुरामा म साथमा छु।’
Leave a Reply