घुससहित पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर, एक वर्ष कैद

काठमाडौं- घुससहित रंगेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन्।

विशेष अदालतले नेपाललाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले उनलाई १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला भएको जानकारी दिए।

उनीसँगै प्रतिवादी बनाइएको बिबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ।

उपसचिव नेपाललाई अख्तियारको टोलीले २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्य परिसरबाट साढे २२ लाख रूपैयाँ रकमसहित पक्राउ गरेको थियो।

बिबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रूपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले २०७९ असोज २ गते मुद्दा दर्ता गरेको थियो।

बिबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए।

पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिविबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरमा गोल्ड मेडलिस्ट हुन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *