गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसले माग्यो सभामुखको रूलिङ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रूलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले रूलिङका लागि सभामुखको ध्यानाकर्षण गराएका हुन्।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले केही सांसदले नेपालको गोप्य सूचना विदेशलाई बिक्री गरेको आरोप लगाएका थिए।

सांसद केसीले गोप्य सूचना बिक्री गर्ने सांसदहरूको नाम लामिछानेलाई प्रष्ट पार्न रूलिङ गर्न सभामुखलाई ध्यानाकर्षण गराए।

गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर रहेको बताउँदै उनले देशको गोप्य सूचना बेच्ने त्यो को रहेछ भन्ने जानकारी पाउने अधिकार जनताको रहेको उनले बताए।

‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो। त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो। यही संसदमा गोप्य सूचना बेच्ने मान्छे सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो,’ केसीले भने,‘नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने?’

उनले यो मामिला त्यसै निभ्नेवाला नरहेको प्रष्ट पारे।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *