जनकपुरधाम – ललितपुरको गोदाबरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
उनीहरूविरूद्ध १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रूपैयाँ बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले मेयर महर्जनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ फरक–फरक शीर्षकमा पाँच थान मुद्दा दायर गरेको छ।
उनीहरूले ढुंगाखानीमा अनियमितता गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ।
लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आरोपितहरूले ठूलो रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
Leave a Reply