काठमाडौं- नयाँ गठबन्धनमा खटपट सुरू भएको छ। गृह मन्त्रालय कसले लिने विषयमा सहमति जुट्न नसक्दा खटपट सुरू भएको हो।
गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेका साथै नेकपा माओवादी केन्द्रले पनि दाबी गरेपछि गठबन्धन बनेको एक दिन नबित्दै खटपट सुरू भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह दिने आश्वासन दिएर गठबन्धनमा ल्याएको माओवादीले अहिले आफैं गृहमा दाबी गरेको छ।
माओवादीले प्रधानमन्त्री पाएपछि लामिछानेले गृहमा दाबी गरेका थिए। उनको यो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाएका थिए।
तर, अहिले नारायणकाजी श्रेष्ठ आफैं गृहमा दोहोरिन चाहेको स्रोतले बताएको छ।
माओवादीले अर्थ मन्त्रालय पाए पनि विगतमा इगो बनाएका नारायणकाजी र लामिछानेबीच जुँगको लडाइँ सुरू भएको छ।
श्रेष्ठ आफू गृहमन्त्री नबनेपछि जसरी पनि लामिछानेलाई रोक्ने तयारीमा रहेको स्रोतको भनाइ छ।
अर्कोतर्फ गठबन्धनका प्रमुख दल नेकपा एमालेले पनि गृहमा दाबी गरिरहेको छ।
प्रचण्डलाई प्रधानमन्त्री छोड्दा गृह आफूले पाउनुपर्ने एमालेले अडान लिएको छ।
गठबन्धनका तीनवटा दल गृह मन्त्रालयका लागि अडान राखेपछि रस्साकस्सी सुरू भएको छ।
रास्वपाका उपसभापति स्वर्णिमा वाग्लेले गृह नपाउँदा सरकारमा जानुको औचित्य नहरेको सोमबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित चारवटा मन्त्रालयमा दाबी गरेको। गृह, भौतिक, सहरी र पर्यटन मन्त्रालयमा उसले दाबी गरेको हो।
उपसभापति डोलेन्द्रप्रसाद अर्यालले सोमबार नै विनाविभागीय मन्त्रीको सपथ लिइसकेका छन्।
Leave a Reply