गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

काठमाडौं- प्रहरीले सुनसरीबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

चतराबाट सूर्यकुन्ड जाने भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रोकी राखेको एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *