जनकपुरधाम- गण्डकी प्रदेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेससभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन्।
योसँगै संकटमा देखिएको पाण्डे नेतृत्वको गण्डकी सरकार जोगिएको छ।
पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत खसेको थियो।
बैठकमा ५९ जना सहभागी थिए।
कांग्रेस संसदीय दलका नेता पाण्डे सर्वोच्च अदालतको परमादेशबमोजिम संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेस, राप्रपा, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए।
६० सदस्यीय प्रदेससभामा बहुमतको संख्या पु¥याउन ३१ सांसदको समर्थन आवश्यक हुन्छ।
प्रदेससभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक), राप्रपाका २ र एक स्वतन्त्र प्रदेससभा सदस्य छन्।
Leave a Reply