जनकपुरधाम- गण्डकी प्रदेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेससभाबाट विश्वासको मत लिँदै छन्।
सर्वोच्च अदालतको परमादेशअनुसार १६ जेठमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले विश्वासको मत लिन लागेका हुन्।
उनले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेससभा बैठक बोलाइएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकारले बजेटअघि विश्वासको मत लिन लागेको हो।
संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग अहिलेसम्म कांग्रेसका २७ सांसदको मात्र समर्थन छ।
६० सदस्यीय प्रदेससभामा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक हुन्छ।
विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री पाण्डेले राप्रपाका २, स्वतन्त्र सांसद १ र अर्का एक सांसदको पनि समर्थन जुटाउनुपर्ने हुन्छ।
संघको सत्ता गठबन्धनबाहेकलाई समर्थन गर्न सकिने निर्णय गरेको राप्रपाले गण्डकीबारे निर्णय लिइसकेको छैन।
मधेस प्रदेसमा केन्द्रीय गठबन्धनइतरका मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा उभिएकाले राप्रपा गण्डकीका मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गर्ने अनुमान गरिएको छ।
पाण्डे नेतृत्वको सरकारले विश्वासको मत पाउन नसके मुख्यमन्त्री पाण्डे पदमुक्त हुनेछन्।
त्यसपछि गण्डकीमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था आउँछ।
उपधारा ५ ले प्रदेससभामा बहुमत जुटाउनसक्ने सांसद मुख्यमन्त्री नियुक्त हुने व्यवस्था गरेको छ।
Leave a Reply