काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम पौडेल र नेपाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।
मन्त्रिपरिषदको सिफारिसअनुसार पौडेल र नेपाल राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ।
Leave a Reply