कोसीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

विराटनगर- कोसी प्रदेस सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन्।

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेती कार्की नेतृत्वको सरकारमा मन्त्री थिए।

यसअघि माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि कोसी प्रदेसमा माओवादीका तर्फबाट सहभागी मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *