कोसीमा मन्त्रिपरिषद विस्तार

काठमाडौं- कोसीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री कार्कीले शुत्रबार नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेस प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूमा स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी सिंचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जा मगर रहेका छन्।

यस्तै कांग्रेसबाट दुई जना राज्यमन्त्रीसमेत नियुक्त भएका छन्। मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरु«ङलाई नियुक्त गरेका हुन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *