केन्यामा तालिम विमान र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना

प्रतिकात्मक तस्बिर

एजेन्सी- केन्यामा एक तालिम विमान र यात्रुवाहक विमान ठोक्किँद दुई जनाको मृत्यु भएको छ।

केन्याको राजधानी नैरोबी राष्ट्रिय निकुञ्जमाथि तालिम विमान र यात्रुवाहक विमान ठोक्किएको हो।

सफारिलिङ्क एभिएसनद्वारा सञ्चालित ४४ जना सवार रहेको ड्यास–८ विमान डियानीतर्फ जाँदै गर्दा विल्सन विमानस्थलबाट उडान भरेको केही समयपछि चालक दलका सदस्यले ठूलो आवाज निकालेको र फर्कने निर्णय गरेको एयरलाइन्सले जनाएको छ।

नैरोबी काउन्टी प्रहरीले दुर्घटनामा तालिम विमानमा सवार एक विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको पुष्टि गरेका छन्।

केन्याका नागरिक उड्डयन प्राधिकरणले फ्लाइट स्कुलको विमान र सफारिलिङ्क यात्रुवाहक विमान ठोक्किएर दुर्घटना भएको जनाएको छ।

विमान दुर्घटनाबारे थप अनुसन्धान भइरहेको केन्या प्रहरीले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *