जनकपुरधाम- जनकपुरधाममा कार र मोटरसाइकल ठोक्किँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ।
शनिबार बिहान ३ बजेतर्फ जनकपुरधामको थापा चोकमा कार र पत्रकार रोहिता सवार मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो।
पत्रकार रोहिता सवार प्रदेस २ ००२ प ५६९४ र बा २१ च ३३४३ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
रोहितासँगै मोटरसाइकलमा सवार एक जना घाइते भएको र उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।
कारका चालकसहित कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चालकसहित कारमा सवार चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Leave a Reply