काठमाडौं – काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा भएको छ।
बिहीबार दिउँसो हावाहुरी तथा चट्याङसहित वर्षा भएको हो।
हावाहुरी र चट्याङका कारण क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।
वर्षाका कारण काठमाडौं उपत्यकामा बढिरहेको वायु प्रदुषण न्यूनीकरणमा मद्त पुग्ने उनीहरूको भनाइ छ।
मंगलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौं विश्वकै पहिलो प्रदुषित सहरको रूपमा सूचीतकृत भएको थियो।
एयर क्वालिटी इन्डेक्सका अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक २६५ थियो।
वर्षा भएपछि आज भने प्रदुषण घटेर १७७ एक्यूआइमा झरेको छ।
Leave a Reply