काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
बिहीबार प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि भरतपुरको चितवनको पुगेका निधिले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
उनले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको प्रष्ट पारे।
नेता निधिले सरकारमा सहभागी हुनुभन्दा संगठन निर्माणतर्फ कांग्रेस केन्द्रित भएको उल्लेख गरे।
‘कांग्रेस सरकारमा जाने कुनै योजना छैन। हामी सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं,’ उनले भने,‘संगठन निर्माणको तयारीमा हामी जुटेका छौं, यतिबेला हामी त्यही दिशामा केन्द्रित छौं।’
निधिले मुलुक मध्यावधि निर्वाचनतर्फ जाने कुनै सम्भावना आफूले नदेखेको जिकिर गरे।
‘संविधानले मध्यावधि निर्वाचन तथा संसद विघटन गर्ने व्यवस्था गरेको छैन। राजनीति मध्यावधितिर गएको भन्ने मलाई लागेको छैन,’ उनले भने।
मधेस प्रदेसमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायतका दलहरू मिलेर सरकार बनाउने सम्भावना बढेको उनको भनाइ थियो।
Leave a Reply