कांग्रेस नेता निधिद्वारा ‘रचनाकृत रामायण पुस्तक’ को विमोचन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भगवान मर्यादा पुरुषोत्तम रामलाई भगवानको रूपमा पूजा गर्ने गरिए पनि मिथिलाका लागि ज्वाइँ रहेको बताएका छन्।

बुधबार ललितपुरको मामाघर आश्रममा मैथिली भाषामा लिखित ‘रचनाकृत रामायण पुस्तक’ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘रामलाई हामी भगवानको रूपमा पूजा गर्छौं यो धार्मिक मान्यता हो। तर, मिथिलावासीका लागि राम ज्वाइँ, भिनाजु र फुफा हुन्,’ निधिले भने,‘धार्मिक मान्यता छँदैछ, तर सामाजिक आयामलाई हामीले बिर्सनु हुँदैन।’

रामायणमा रामको बढी चर्चा हुनेगरे पनि सीताविना राम अधुरो रहेको उनको भनाइ थियो।

निधिले आफ्नै गाउँठाउँको चेलीले मैथिली भाषामा रामायण लेखेको देख्दा आफूलाई ज्यादै खुसी लागेको बताए।

पत्रकार अर्चना झाले मैथिली भाषामा रामायणको अनुवाद गरेकी हुन्। यसअघि मैथिली भाषामा चन्दा झा, बद्रीनारायण वर्मा र लालकिशोर दासले रामायणको अनुवाद गरेका छन्।

विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय समाचा समितिका अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको वर्णन भए पनि सीताबारे खासै चर्चा नभएको बताए।

उनले अब सीताको कोणबाट पनि रामायण लेखन हुनुपर्नेमा जोड दिए।

पत्रकार झाले लेखेको ‘रचनाकृत रामायण पुस्तक’ अत्यन्त सरल भाषामा लेखिएकोले गाउँघरका सामान्य मानिसले पनि बुझ्नसक्ने बताए।

जनबोलीमा लेखिएको यो रामायणमा पश्चिमी महोत्तरी, सर्लाही र रौतहटमा बोलिने भाषाको प्रभाव देखिएको झाले बताए।

विमाोचन कार्यक्रममा डा.मञ्चला झा,  पुस्तकका सम्पादक विनित ठाकुरलगायतले आ-आफ्नो धारणा राखेका थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *