काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
आइतबार बिहान ८ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बैठक नयाँ बानेश्वरस्थित संघीय संंसद भवनको ल्होत्से हलमामा बस्ने छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सरकारले आइतबारदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।
लगानी सम्मेलन गर्ने तयारी गरिहेको सरकारले अध्यादेशमार्फत यससम्बन्धी कानुनहरू संशोधन गर्न संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ।
संसद अधिवेशन अन्त्य गरेर ‘चोरबाटो’ मार्फत सरकारले कानुन संशोधन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको मागका कारण पछिल्लो केही समययता संसद बैठक प्रभावित बनेको छ।
संसदीय समिति नबनेसम्म संसद चल्न नदिने कांग्रेसले अडान लिएको छ भने सरकारले यस्तो समिति नबन्ने बताउँदै आएको छ।
Leave a Reply