कांग्रेसले नियोजित ढंगबाट गिरीबन्धु टि–स्टेटको मुद्दा उठायो : एमाले

काठमाडौं- नेकपा एमालेले गिरीबन्धु टि–स्टेट प्रकरणमा नेपाली कांग्रेसले नियोजित ढंगबाट मुद्दा उठाउन खोजेको आरोप लगाएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले यस्तो आरोप लगाएका हुन्।

उनले गिरीबन्धु टि–स्टेटको विषयलाई उठाएर कांग्रेसले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले षडयन्त्र गरेको बताए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै आएको छ।

सांसद भट्टराईले यो विषयमा छानबिन गर्न एमाले तयार रहेको जिकिर गरे।

यसअघि पशुपतिमा जलहरीको कुरा उठ्दा छानबिन गर्न एमालेले सहयोग गरेको उल्लेख गर्दै उनले अहिले आएका सबै विषयमा पनि छानबिन गर्न एमाले तयार रहेको बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *