काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ।
सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले नाराबाजी गरेको हो।
बैठक सुरू भएसँगै कांग्रेसका सांसदहरू सिटबाट उठेर नाराबाजी गरेका थिए।
कांग्रेसले आफूलाई बोल्नका लागि समय माग गरेका छन्।
कांग्रेसको नारबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ।
Leave a Reply