कांग्रेसको अवरोधपछि सूचना टाँस गरेर संसद बैठक स्थगित

काठमाडौं- प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको हो।

कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले आजै बस्ने गरी १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

तर, सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित भएको हो।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ।

माग पूरा नभएसम्म गृहमन्त्री लामिछानेलाई रोस्टममा जान नदिने कांग्रेसले अडान लिएको छ।

प्रतिनिधिसभा बैठकको कार्यतालिकाअनुसार मंगलबार गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्नुपर्ने थियो।

तर, कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोस्टममा जान नदिएपछि बैठक स्थगित भएको थियो।

सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संवाद गरेका थिए। सहमति नजुटेपछि बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *