काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।
सहकारी ठगीमा संलग्न रहेको भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गरेको हो।
बैठक सुरू हुनसाथ कांग्रेसले सहकारी ठगीमा संलग्न उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको थियो।
कांग्रेसकी सचेतक सुशीला थिङले सहकारीमा बचत गरेको रकम हिनामिना गर्नेलाई सरकारले कारबाही गर्छ कि गर्दैन भन्दै प्रश्न उठाइन्।
कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको बताइन्।
थिङले यो प्रकरणमा सरकार गैह्र जिम्मेबार बनेको आरोप लगाइन्।
थिङले आफ्नो धारणा राखिसकेपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए।
तर, कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उठेर संसदीय छानबिन समिति गठन गर्न माग गरे।
पटक–पटक अनुरोध गर्दा पनि कांग्रेस सांसदहरू आफ्नो स्थानमा नबसेपछि सभामुख घिमिरेले पुनः आजै बस्ने गरी १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे।
Leave a Reply