कालीकोट- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्राकृतिक स्रोध सधानको सदुपयोग गरेर कर्णाली प्रदेसको विकास अगाडि बढाउन सकिने बताएका छन्।
पछिल्लो केही दिनयता कर्णाली प्रदेसको भ्रमणमा रहेका निधिले आइतबार कालीकोट कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘कर्णाली प्रदेस प्राकृतिक स्रोध साधनले भरिएको प्रदेस हो, यहाँ भएका प्राकृतिक स्रोध साधनलाई सदुपयोग गरेर विकासको गतिलाई अगाडि बढाउन सकिन्छ,’ उनले भने।
निधिले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन्को कामले सफलता पाए मुलुकको आर्थिक विकासका ठूलो मेरूदण्ड सावित हुने उल्लेख गरे।
उनले कर्णालीको विकास र यहाँका जनताको प्रगति सँधै कांग्रेसको प्राथमिकतमा रहेको जिकिर गरे।
निधिले संघीय संरचना कार्यान्वयनमा नआउँदै कांग्रेसले अगाडि सारेको ‘कदमजम’ को सिद्धान्तमा कर्णालीलाई स्थान दिएको बताए।
उनले मुलुकमा संघीयत प्रणाली लागु भए पनि सही अर्थमा अझैं संघीयता कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे।
प्रदेसहरू अधिकारसम्पन्न नभए हुँदासम्म संघीयता पूर्णरूपमा कार्यान्वयन हुन नसक्ने निधिको भनाइ थियो।
‘संविधानले प्रदेसको आफ्नै प्रहरी र निजामती कर्मचारी हुन्छ भनेर प्रष्ट व्यवस्था गरिदिएको छ। तर, हालसम्म कुनै पनि प्रदेसले आफ्नो प्रहरी र कर्मचारी संगठन बनाउन सकेको छैन,’ उनले भने,‘प्रदेसलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले चासो दिनुप¥यो। प्रहरी र कर्मचारीविना पनि कहीँ सरकार हुन्छ र?’
कालीकोटको सदरमुकाम मानवामा आयोजना भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य अनामिका निधि, कांग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
Leave a Reply