काठमाडौं- कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सुप प्र ०२–००१ ख–००९८ नम्बरको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा खसेर दुर्घटना भएको हो।
प्रहरीले जनाएअनुसार दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको हो।
महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहर निरीक्षक अनिश भण्डारीले जानकारी दिएका छन्।
उनकाअनुसार बुधबार राति १ बजेतर्फ बस दुर्घटना भएको हो।
घाइतेहरूलाई उपचारका लागि बुटवल र भालुवाङ पठाइएको छ।
Leave a Reply