
फाइल तस्बिर
जनकपुरधाम
‘मिथिलामे राम खेलए होली, मिथिलामे
किनकाके हाथ कनक फिचकारी, किनकाके हाथ अबिर झोरी’
अर्थात मिथिलामा भगवान राम होली खेलिरहेका छन्। पिचकारी र अबिर कसको हातमा छ?
यस्तै धार्मिक तर होलीका पारम्परिक तथा लोकभाकाहरूमा आइतबार महोत्तरीको कञ्चनवनमा गुन्जिनेछ छ।
१५ दिनमे मिथिला मध्यमा परिक्रमामा सहभागी तिर्थालुहरु होलीका लोकगीतहरूमा झुमेर नाचगान गर्नेछन्।
१५ दिने धार्मिक यात्राको आठौं दिन मिथिला मध्यमा परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्दैछ।
र, परिक्रमा सहभागी श्रद्धालुहरू त्यहाँ होली खेल्ने वर्षौं पुरानो परम्परा रहेको छ।
महोत्तरीको ध्रुवकुण्डमा शनिबार वास बसेका परिक्रमाका साधुसन्त, महन्थ, नागासहित सहभागी तिर्थालुहरू कञ्चनवन पुगेपछि उल्लास थपिन्छ नै त्रेतायुगको छनकसमेत हेर्न पाइन्छ त्यहाँ।
हरेक वर्षझैैं कञ्चनवनमा परिक्रमा पुग्नुअगावै होलीको तयारी पुरा भइसकेको हुन्छ।
परिक्रमाका सहभागीहरु पुगेलगत्तै सुरु हुन्छ एक अर्कालाई रंङ र अबिर लगाउने कार्य।
मैथिली लोकभाकाका होलीका गीत बज्दै गर्दा पछिल्लो एक सातादेखि पैदल धार्मिक यात्रा गरिरहेका श्रद्धालुहरूमा थकानको थोरैपनि छनक हुँदैन।
आठ दिनसम्म लगातार यात्रा गरेका परिक्रमाका तिर्थालुहरुको उत्साह र जाँगर देखेर परिक्रमाको पहिलो दिन झैँ लागि रहेको हुन्छ।
त्रेता युगमा भगवान रामले कञ्चनवनमा होली खेलेको मान्यता रहेको छ। धार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमाका तिर्थालहरु हरेक वर्ष होली मनाउने गर्दछन्।
वसन्त पञ्चमीदेखि नै होलीको सुरुवात हुनेगरेको मान्यता रहेपनि मिथिलाञ्चलमा कञ्चनवनको होलीपछि औपचारिक रूपमा सुरुवात हुनेगरेको छ।
धनुषास्थित कचुरी मठको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरको अग्नी कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरबाट सुरू भएको परिक्रमाका तिर्थालुहरु भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्ने गर्दछन्।
मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीदेखि मनाइँदै आइरहेको परिक्रमाका संयोजन गरिरहेका जनकपुरस्थित अग्नी कुण्डका महन्त नवलकिशोर शरण बताउँछन्।
नेपाल तथा भारतकै सबैभन्दा लामो दूरीको धार्मिक यात्रा रहेपनि यसको प्रवद्र्धन एवं प्रचार प्रसारमा राज्यले चासो नदेखाएको उनको आरोप छ ।
यस धार्मिक यात्राका सहभागीहरु १५ दिन रात्री भजन किर्तन गरेर बिताउने गर्दछन्।
नेपाल तथा भारतको विभित्र धार्मिक पडावहरूमा पुग्दै फागु पुर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पत्र हुने छ।
अन्तरगृह परिक्रमाको भोलिपल्टमात्रै जनकपुर क्षेत्रमा होली मनाउने परम्परा रहेको छ ।
मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौं तिर्थालु सहभागी छन्। नेपाल र भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस धार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्राम स्थल रहेको छ।
मिथिला मध्यमा परिक्रमाको क्रममा सहभागी तिर्थालुहरु नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा पैदल हिँडेर पुरा गर्ने गरेका छन्।
Leave a Reply