काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।
गत वर्ष चैतमा सम्पन्न एसइईको नतिजा बोर्डले आज सर्वाजनिक गर्ने तयारी गरेको हो।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।
कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशन भइसक्ने उनको भनाइ छ।
बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो। यसपालि भने त्यसअघि नै नतिजा सार्वजनिक गर्ने लक्ष्य बोर्डले लिएको छ।
यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बोर्डले जनाएको छ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अंक नल्याए ननग्रेड (एनजी) उल्लेख गरिने बोर्डले बताएको छ।
यसअघि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर प्रकाशित हुँदै आएको थियो।
ग्रेड प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।
गत चैत १५ गतेदेखि सुरू भएको एसइईमा नियमतितर्फ ४ लाख ६७ हजार र ग्रेडवृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए।
यसरी हेर्न सकिन्छ नतिजा :
Leave a Reply