जनकपुरधाम-अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भारतमा घर बनाउने भएको छ। आफ्ना कर्मचारीहरूलाई चीन र भियतनामी मोडलको औद्योगिक घर उपलब्ध गराउनतिर कम्पनी लागेको हो।
सरकारी अधिकारीहरूले बताएअनुसार एप्पलका लागि करारमा सामान बनाइदिने कम्पनी फक्सकोन, टाटा र साल्कम्पले आफ्ना कर्मचारीका लागि घर बनाउने योजना बनाइरहेका छन्।
सरकारी–निजी साझेदारी कार्यक्रमअन्तर्गत यी घरहरू बनाउन लागिएको हो। यो योजनाअन्तर्गत ७८ हजार वटा घर बनाइँदैछ। यीमध्ये सबैभन्दा धेरै ५८ हजारवटा घर तमिलनाडुमा बन्नेछन्।
अधिकांश घर तमिलनाडुको उद्योग प्रवद्र्धन निगमले बनाउने भएको छ।
टाटा ग्रुप र एसपीआ इन्डियाले पनि घरहरू बनाउँदै छन्। यो योजनाअन्तर्गत केन्द्र सरकारले १० देखि १५ प्रतिशतसम्म रकम उपलब्ध गराउनेछ।
बाँकी भने राज्य सरकार र उद्योगीहरूले दिनेछन्। घर निर्माण र निजी क्षेत्रलाई हस्तान्तरणको काम चालु आर्थिक वर्षको अन्त्यसम्म पूरा हुने अधिकारीहरूले बताएका छन्।
कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन, विशेषगरी आप्रवासी महिला कामदारलाई सुरक्षा उपलब्ध गराउन यो योजना अगाडि बढाइएको बताइएको छ । यो स्तरको बृहत हाउजिङ परियोजना भारतमै पहिलो भएको बताइएको छ।
यो परियोजनालाई एप्पलले डोर्याइरहेको बताइएको छ ।
Leave a Reply