उपनिर्वाचन : इलाममा एमाले र बझाङमा कांग्रेसको अग्रता

जनकपुरधाम- इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सुहाङले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई उछिन्दै अग्रता बनाएका हुन्।

पछिल्लो मतपरिणामअनुसार उनी कांग्रेसका खड्काभन्दा २ हजार ६४३ मतले अगाडि छन्।

सुहाङले ८ हजार ४८७ मत प्राप्त गर्दा खड्काले ५ हजार ८४४ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार २६२ र रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १ हजार २६९ मत ल्याएका छन्।

यता बझाङमा भएको उपनिर्वाचनको हालसम्मको मतपरिणामअनुसार कांंग्रेसका अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन्।

आइतबार साँझ तेस्रो स्थानमा रहेका उनी एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई उछिन्दै अग्रता कायम गरेका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका सिंहले ८ हजार २२७ मत ल्याउँदा एमालेका दमनबहादुर भण्डारीको ७ हजार ९७४ मत छ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २ हजार ९९३ र नेकपा(एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १६२ मत प्राप्त गरेका छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *