उपनिर्वाचन : आजदेखि आचारसंहिता लागु

काठमाडौं- निर्वाचन आयोगले वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु गरेको छ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र सुरक्षित वातावरणमा सम्पन्न गर्न बुधबारदेखि सम्बन्धित क्षेत्रमा आचारसंहिता लागु गरेको हो।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेससभा निर्वाच्न क्षेत्र नम्बर १ मा आचारसंहिता लागु गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहितको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिइ तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।

यसैगरी राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *