काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका हुन्।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषदले सिफारिस एवं मन्त्रिपरिषदले निर्णय गरेको थियो।
राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
Leave a Reply