जनकपुरधाम- इरानले इजरायलमाथि हमला गरेको छ।
ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इरानले इजरायलमाथि हमला गरेको हो।
इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ दुई सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको हो।
प्रहार गरिएका धेरैजसो क्षेप्यास्त्र र ड्रोनलाई निस्तेज पारिएको इजरायली सेनाले जनाएको छ।
मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।
इरानको रिभोल्युसनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई ‘इजरायली अपराध’ को जवाफ बताएको छ।
जसमा उसले अप्रिलको सुरूमा सिरियास्थित इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरायलले दिने जवाफबारे छलफल गर्न ‘वार क्याबिनेट’ को बैठक बोलाएका छन्।
उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्।
यसअघि इजरायल डिफेन्स फोर्सेस आइडिएफ तेहरानले ‘अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा’ झेल्नुपर्ने चेतावनी दिएको थियो।
इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरायली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरूद्ध चेतावनी दिएको छ।
इजरायलले हमलाहरू अझै नरोकिएको जनाएको छ।
इजरायली सेनाले दक्षिणी इजरायलको एक सैन्य शिविरमा सामान्य क्षति भएको बताएको छ।
एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना १० वर्षीया बालिका घाइते भएको जनाएको छ।
आइडिएफले धेरैजसो हमलालाई आफ्नो ‘एरो’ हवाइ प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरायली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ।
आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरायलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएका छैनन्।
इजरायलको हवाइ प्रतिरक्षा प्रणाली आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए।(बिबिसीबाट)
Leave a Reply