इजरायल आक्रमणमा हमासका प्रमुख नेताका तीन छोरा मारिए

जनकपुरधाम- हमासका प्रमुख नेता इस्लाम हानियाले गाजामा इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्।

हमाससम्बन्धित सञ्चार माध्यमले उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्पनजिक प्रहार भएको जनाएको छ।

हानियाले यो घटनाका कारण इजरायलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्।

हमास र इजरायलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्।

इजारायलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ।

उनीहरूको समूह मुस्लिम पर्व इदाको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ।

हानियाले अलजजिरासँग अफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद यद्धभरि गाजामै बसेको बताएका छन्।

हमासले जारी गरेको वक्तव्यमा हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको जनाएको थियो।

हमासले यो आक्रमणलाई ‘विश्वासघाती र कायर’ भनेको छ।

हानियाले कतारको दोहामा घाइते प्यालेस्टिनीहरूलाई भेट्न जाने क्रममा आफूले छाराहरू मारिएको खबर थाहा पाएको बताएका छन्।

हमासका कतिपय नेताहरू कतारको राजधानी दोहामा बस्दै आएका छन्।

इजरायलको सेनाले मध्य गाजा क्षेत्रमा हमासका तीनवटा सैन्य सञ्चालन एकाइहरू समाप्त गरिएको बताएको छ।

उनीहरू हानियाका छोराहरू भएको इजरायलले पनि पुष्टि गरेको छ। तर, इजरायलको विज्ञप्तिमा हानियाका नातिनातिना मारिएको विषय उल्लेख छैन।(बिबिसीबाट)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *