इजरायलले गाजामा फेरि सुरू गर्‍यो आक्रमण

काठमाडौं- युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले उत्तरी गाजापट्टीमा फेरि आक्रमण सुरू गरेको छ।

इजरायलले सोमबारबाट गाजापट्टीमा आक्रमण सुरू गरेको हो।

इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका छन्।

गाजाका स्थानीयवासीहरूले इजरायलका तर्फबाट क्षेप्यास्त्र प्रहार भएको बताएका छन्।

क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाको पनि मृत्यु भएको बताइएको छ।

इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्ताादेखि उत्तरी गाजामा आक्रमणमा कमी आएको थियो।

गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताइएको छ।

SHARINGS