इजरायलमाथि हमला गरेपछि अमेरिका र युरोपियन युनियनको निशानामा इरान

जनकपुरधाम – इजरायलमाथि हमला गरेपछि अमेरिका र युरोपियन युनियनले इरानलाई निशाना बनाएको छ।

अमेरिका र युरोपियन युनियनले इरानमाथि नयाँ प्रतिबन्ध लगाउनेतर्फ योजना बनिरहेको बताएका छन्।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले आगामी दिनमा इरानमाथि प्रतिबन्ध लगाउने कार्य अघि बढ्नसक्ने बताएकी छन्।

त्यस्तै युरोपियन युनियनका विदेशी नीति प्रमुख जोसेप बोरेलले प्रतिबन्ध लगाउने विषयमा काम भइरहेको बताए।

इरानले गत साता इजरायलमाथि तीन सय ड्रोन र मिसाइल प्रहार गरेको थियो।

इजरायलले लगभग सबै ड्रोन र मिसाइललाई निस्क्रिय पारेको दाबी गरेको छ।

आफ्नो भूमिमा हमला भएपछि इरानले सहयोगीहरूलाई तेहरानको मिसाइल कार्यक्रममाथि प्रतिबन्ध लगाउन माग गरेको छ।

यो कार्यक्रममाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध गत अक्टोबरमा अन्त्य भएको छ।

यद्यपि तेहरानको मिसाइल कार्यक्रममाथि अमेरिका, युरोपियन युनियन र ब्रिटेनको प्रतिबन्ध जारी छ र थप प्रतिबन्ध लगाइएको छ।

१ अप्रिलम सिरियास्थित इरानको वाणिज्य दूतावासलाई लक्षित गरेर आक्रमण भएको थियो। यो आक्रमणमा रिभोल्यूसनरी गार्डके उच्च कमान्डर र उनका सहायकसहित १३ जनाको ज्यान गएको थियो।

इजरालयमाथि भएको आक्रमणलाई इरानले १ अप्रिलमा भएको हमलाको जबाफ रहेको बताएको छ।

१ अप्रिलमा भएको हमलाको जिम्मेवारी भने इजरायलले लिएको छैन।

बरू उसले यथोचित समयमा इरानले गरेको हमलाको जवाफ दिने बताएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *