आलमलाई जम्मकैदको सजाय

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय भएको छ।

जिल्ला अदालत रौतहटले बमकान्डमा मुछिएका आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको हो।

जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आफताबसहित उनका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो।

उनीहरूलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैदको सजाय सुनाइएको हो।

यही घटनामा संलग्न भनिएका मुक्ति साहले भने सफाइ पाएका छन्।

फरार रहेका अन्य ६ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिएका छन्।

गत सोमबारदेखि जारी बहसमा बिहीबारसम्म वादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीतर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए।

बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा २०७६ कात्तिक १८ गते पूर्वसांसद आलमसहित ११ जनाविरूद्ध ज्यानमार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजपुरफरदवामा बम विस्फोट भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई आलमलगायतले इटाभट्टामा जिउँदै जलाएको आरोप लागेको थियो।

यो पनि :

http://आलम मुद्दाको अन्तिम सुनुवाइ हुँदै

http://आफताब आलमविरूद्धको मुद्दा : साक्षी झिकाउन आदेश

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *