जनकपुरधाम- आज ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस : वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चत हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ।
स्वतन्त्र एवं बहुवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइने गरिन्छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र पे्रसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो।
सूचनामा जनताको सहज पहुँच र पत्रकारहरूले आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्ने भन्ने बुझाउन पनि यो दिवस मनाउने गरिएको हो।
यस अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ।
साथै प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघको दुईदिने केन्द्रीय अधिवेशन पनि आज काठमाडौंमा सुरू हुँदैछ।
Leave a Reply