आज यी प्रदेसमा वर्षाको सम्भावना

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले आज कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारत बिहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागले जनाएको हो।्

देशभर आंशिकदेखि साधारणतया बदली रही कोसी, गण्डकी र सुदूरपच्मि प्रदेसका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानका साथै बाँकी प्रदेसका एक दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि म्रध्यम वर्षा हुने विभागले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *