आज यी प्रदेशहरूमा हुरीबतासको सम्भावना

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेसमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको विभागले जनाएको हो।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहनेछ।

त्यस्तै कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेसका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेसका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने विभागले बताएको छ।

आगामी २४ घन्टामा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेसका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेसका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाइ यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *