आज अन्तर्राष्ट्रिय योग दिवस

जनकपुरधाम- दशौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाइँदै छ।

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संंयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सँधैका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

त्यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।

९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधाम, लुम्बिनीलगायतका ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *