आजबाट नयाँ वर्ष २०८१ सुरू

जनकपुरधाम- विसं २०८० अन्त्य भएर आजबाट नयाँ वर्ष २०८१ सुरू भएको छ।

विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरू भएको हो। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ।

हरेक वर्ष वैशाख १ गतेलाई नयाँ वर्षको रूपमा नेपाली संंस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ।

नयाँ वर्ष एकआसपमा सद्भाव तथा खुसियाली आदानप्रदान गर्दै मनाइन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

धार्मिक आस्था राख्नेहरूले नयाँ वर्षको पहिलो दिन मठमन्दिरमा गइ पूजाआजा गर्ने गर्दछन्।

नयाँ वर्षको पूजाआजा गर्न बिहानैदेखि जनकपुरधामको जानकी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। यस अवसरमा शुक्रबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएको थियो।

यस्तै नयाँ वर्षको अवसरमा कतिपयले नयाँ स्थानमा घुमघाम गर्ने, वनभोज मनाउने पनि गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *