आजबाट तेस्रो लगानी सम्मेनल

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट सुरू हुँदैछ।

मुलुकमा वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगाय आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने उद्देश्यका साथ तेस्रो लगानी सम्मेलन हुन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्ने सम्मेलनमा लगानीका लागि ९ अर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदैछन्।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिनेछन्।

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनीकक्ष सम्मेलनस्थलमा राखिनेछ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ।

सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उदघाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन्।

दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ।

सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ।

देशको आर्थिक वृद्धिका वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो।

उदघाटन सत्रमा लगानी सम्मेलनका निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पियुष गोयल, संयुक्त अधिकारज्यको एसिया प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी टुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्डु मिचेलल, संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकासका महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयाग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *