आजको मौसम : हिमपात र वर्षाको सम्भावना, चिसो बढ्ने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा सुदूरपश्चिम प्रदेसका साथै कर्णाली र गण्डकी प्रदेसका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोसी प्रदेसका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

मौसम प्रणालीको असरले तापक्रम अझ घट्ने र चिसो बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाइ यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *