आजको मौसम : यी प्रदेसमा हुरीबतासको सम्भावना

जनकपुरधाम – मुलुकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको बताउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेस र कर्णाली प्रदेसमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेसका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यता सफा रहनेछ।

कोसी, गण्डकी र कर्णाली प्रदेसका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चटय्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोसी, गण्डकी र कर्णाली प्रदेसका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ।

लुम्बिनी र कोसी प्रदेसका तराई क्षेत्रका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी राति कोसी, मधेस, बागमती, गण्डकी, लुम्बनी र कर्णाली प्रदेसमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ।

मधेस तथा कोसी प्रदेसका तराई भेगका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *