आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभावका कारण केही भूभागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

विभागका अनुसार कोसी र सुदूरपश्चिम प्रदेसलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्तया सफा रहनेछ।

विभागले दिउँसो कोसी प्रदेसलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोसी प्रदेसका केही स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोसी, बागमती र गण्डकी प्रदेसका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेसमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेसका केही र लुम्बिनी प्रदेसका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *