अस्ट्रेलियाको सिडनीमा छुरा प्रहार गरेर ६ जनाको हत्या

जनकपुरधाम- अस्ट्रेलियाको सिडनीस्थित एउटा सपिङ मलमा मानिसहरूलाई आतंकित पार्ने गरी छुरा हानिएको घटनामा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

अन्य कैयौं घाइतेलाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको छ।

प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

आक्रमणकारी ४० वर्षीय पुरुष भएको र उनी एक्लैले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यहाँ एक ९ महिनाको बच्चासहित कैयौंलाई छुरा प्रहार गरिएको बताइएको छ।

अस्ट्रेलियका प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै जनताको सुरक्षा सरकारको प्राथमिकता भएको बताएका छन्।

आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको थियो भने प्रहरीले व्यापक कारबाही गरेको थियो।

अधिकारीहरूले दिएको जानकारीअनुसार बोन्डाइ जक्सनस्थित वेस्टफिल्ड मलभित्र आक्रमण भएको थियो।

आक्रमणकारीको छुरा प्रहारबाट मारिने ६ जनामा पाँच जना महिला रहेको प्रहरीले जनाएको छ।

पाँच जना महिलामध्ये एक जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने अन्यको घटनास्थलमै ज्यान गएको थियो।(बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *