अवैधरूपमा नेपाल बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं- भिसा सकिएर नेपालमा अवैधरूपमा बसिरहेका १० बंगलादेशी नागरिकले प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ।

प्रहरीले काठमाडौैंको सोह्रखुट्टे र ठमेल क्षेत्रबाट पक्राउ गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको हो।

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्लाह, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजि हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन्।

यसअघि पनि प्रहरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि पाँच जना बंगलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग बुझाएको थियो।

पछिल्लो समयमा बंगलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरूपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *