अर्बौं डलर ठगी मुद्दामा भियतनामी महिलालाई मृत्युदण्डको सजाय

जनकपुरधाम- यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो बैंक ठगीसँग सम्बन्धित छ।

हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवमा अहिले अदालत छ। अदालतको पहेँलो प्रवेशद्वारभित्र भियतनामको एउटा ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समय लुटेको अभियोग खेपेकी एक ६७ वर्षीया महिलालाई कठघारामा उभ्याइयो।

ती महिला घरजग्गा कारोबारी हुन्।

अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा पहिलोपटक महिलालाई मृत्युदण्ड सुनाइएको हो।

यो मुद्दामा प्रस्तुत आँकडा अत्यास लाग्ने खालका छन्। ट्रुङ मी लानले साइगन कमर्सियल बैंक (एससिबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो।

अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर, अभियोजनकर्ताहरूले त्यो रकममध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशंका व्यक्त गरेका छन्।

केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाब दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।

प्रायः गोप्यता राख्न रुचाउने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन्।
यो मुद्दामा २ हजार ७ सज जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २ सय वकिल संलग्न थिए।

प्रमाणहरू १०४ वटा बाकसमा राखिएका छन्। तिनको तौल ६ टन छ। लानसहित ८५ जनालाई यो मुद्दामा प्रतिवादी बनाइएको थियो।

उनले आफूमाथि लगोको आरोप अस्वीकार गरेकी थिइन्।

उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरिएको थियो।

लान सन् २०११ सम्म ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक संकट खेपेको तीनवटा साना बैंक गाभेर एउटा ठूलो साइगन कमर्सियल बैंक बनाउने अनुमति पाएकी थिइन्।

भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैंकमा पाँच प्रतिशतभन्दा बढी सेयर राख्न प्रतिबन्ध लगाउँछ।

तर, अभियोजकहरूका अनुसार सयौं सेल कम्पनी खडा गरेर नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्सियल बैंकको ९० प्रतिशतभन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।

अभियोजकहरूले उनलाई आफ्नो शक्तिको प्रयोग गरेर आफूनिकटका व्यक्तिहरूलाई व्यवस्थापक नियुक्त गरेको आरोप लगाएका छन्।

त्यसबाहेक आफ्नो नियन्त्रणमा रहेका शेल कम्पनीहरूबाट सयौं ऋण स्वीकृत गराउन भूमिका खेलेको आरोप पनि उनलाई लागेको छ।(बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *